औषधि व्यवस्था विभाग विराटनगरका अधिकृत २ लाख घुससहित पक्राउ


विराटनगर : विराटनगरस्थित औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत सरोज सुवेदी घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर ३ स्थित एक होटलबाट केहीबेरअघि उनलाई २ लाख घुससहित पक्राउ गरेकाे  आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

बन्द भएको फार्मेसीलाई सञ्चालनको अनुमति दिने आश्वासन दिएर सुवेदीले घुस लिएको अख्तियार स्रोतले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन १३, बिहीबार २१:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ