नेपाल यातायात श्रमिक संघ धनुषाको अध्यक्षमा महतो


जनकपुरधाम : नेपाल यातायात श्रमिक संघ धनुषाको अध्यक्षमा श्री राम यातायात प्रालीका सञ्चालक राम दुलार महतो (राम सिंह) चयन भएका छन् ।

राजावादीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले आफनो जिल्ला संगठन संघको धनुषा अध्यक्षमा महतोलाई चयन गरेको हो ।

जनकपुरधामको रामानन्दचौकमा श्री राम यातायात प्रा.ली.का माध्यमले जनकपुरधामबाट काठमाण्डौं सहित देशको विभिन्न शहरहरुमा यातायात सेवा प्रदान गर्दै आएको महतोले संघको अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

उनले भने, ‘यातायात श्रमिकहरुको हकहितका लागि सधै तत्पर रहने छु ।’ महतो जनकपुरधामको यातायात व्यवसायीहरुमा सक्रिय युवा हुन् ।

प्रकाशित : २०७७ फाल्गुन १५, शनिबार ०७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ