पूर्वमन्त्री झालाई ‘मधेसी’को चुनौती : … घरमा घुसेर जुत्ताको माला लगाउँछु


जनकपुरधाम । पूर्वमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल समूहका नेता रामचन्द्र झालाई लक्षित गरेर ओली समूहका युवा नेता जानीखान ‘मधेसी’ले प्रदेश प्रमुख राजेश झाको शरिरमा छोएर देखाउन चुनौती दिएका छन् ।

सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको खुशियालीमा प्रचण्ड–नेपाल समूहले निकालेको जुलुसका क्रममा नेता झाले प्रदेश प्रमुख झालाई २ दिनभित्र जनकपुर छाड्न चेतावनी दिएका थिए । उनले भनेका थिए– दुई दिनभित्र प्रदेश प्रमुख झा जनकपुर छाडेन भने कालोमोसो दलेर लखेट्छु ।

पूर्वमन्त्री झाले अभिव्यक्ति दिएको २ दिन वितेपछि ओली समूहका युवा नेता मधेसीले प्रमुख प्रमुख झाको शरिरमा छोएर देखाउन चुनौती दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो चुनौती दिएका हुन् । उनले प्रदेश प्रमुख झाको शरिरमा छोए पनि घरमा घुसेर जुत्ताको माला लगाउने चेतावनी दिएका छन् ।

पूर्वमन्त्री झालाई लक्षित गर्दै नेता मधेसीले सन्की र पागलको संज्ञा पनि दिएका छन् । उनी नेकपा ओली समूह नेरास्ववियूका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : २०७७ फाल्गुन १५, शनिबार १५:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ