बाबाको ढावा होटल नजिकै एक युवकको लाश भेटियो


टुडेखोज, जनकपुरधाम : जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनिया गाउँपालिका ७ स्थित नालामा एक युवकको शव (लाश) फेला परेको छ ।

होटल बाबाको ढावादेखि करिब २ सय मिटरको दुरीमा आज विहान करिब १० बजे अन्दाजी २५ वर्षीय युवकको शव नालामा फेला परेको हो । घटनास्थलमा प्रहरी पुगिसकेको छ । अहिले शव हेर्न त्यहाँ ठूलो भिड जम्मा भएको छ ।

हत्या गरेर युवकलाई नालामा फालेको हुनसक्ने अनुमान गरिएको छ । युवकको मुख हिलोमा गाडिएकाले पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन १६, आईतवार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ