सिरहामा अवैध भारतीय रुपैयाँसहित यादव पक्राउ


जनकपुरधाम : अवैध रुपमा ल्याएको भारतीय नोटसहित प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ ।

२ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी २ लाख ५० हजार भारतीय रुपैयाँको नोटसहित भारतको सहरसा ग्राम किसनपुर पञ्चायत-२ का ६० वर्षीय चतुरी यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाइ राखेको भारतीय रुपैयाँको नोट फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीकोलागि भन्सार कार्यालय सिरहा मार्डरमा बुझाइएको छ ।

प्रकाशित : २०७७ फाल्गुन १७, सोमबार १३:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ