पर्सामा ३ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद


काठमाडौं : पर्सामा बाँसघारीमा अखडा बनाएर जुवा खेलिरहेका तीन जना पक्राउ परेका छन् । मंगलबार अपराह्न प्रहरीले बहुदरमाई नगरपालिका-१ विश्रामपुरको बाँसघारीबाट एक लाख ७६ हजार रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बहुदरमाई वडा नम्बर ९ का गुरदेली साह, बारा कलैया उपमहानगरपालिका-२३ का जंगबहादुर साह र कलैया उपमहानगरपालिका-१४ का राजेश मेहता छन् । जुवा खालबाट रविन्द्र महतो कोइरीसमेत दर्जनबढी फरार भएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

फरार भएका सबैको पहिचान भइसकेको र प्रहरीले खोजी गरिरहेको उनले बताए । पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा तथा नैतिकताविरूद्धको कसुरमा अनुसन्धान अघि बढाइएको कुँवरले जानकारी दिए ।

प्रकाशित : २०७७ फाल्गुन १८, मंगलवार २१:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ