आजबाट ‘जनकपुर साहित्य महोत्सव’


जनकपुरधाम : नव मिथिला फाउन्डेसनको आयोजनामा आजबाट जनकपुरधाममा चार दिवसीय ‘जनकपुर साहित्य महोत्सव’को दोश्रो संस्करण हुने भएको छ ।

मंगलवार आयोजक संस्थाले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । बुधवार दिउसो ३ बजे महोत्सवको समुद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्नेछन् ।

यस्तै विशेष अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रमुख वक्ता उद्योगपति विनोद चौधरी रहने बताइएको छ । यसबाहेक अन्य दर्जनौं अतिथि रहनेछन् ।

महोत्सवको व्यवस्थापनका लागि कान्तिपुर टिभीका समाचार सम्पादक दिलभुषण पाठकलाई जिम्मेदवारी तोकिएको छ ।

महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयमाथि चर्चा गरिने छ । जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति यो महोत्सवले दूतको काम गर्ने आयोजक संस्थाको विश्वास छ ।

प्रकाशित : २०७७ फाल्गुन १९, बुधबार ०७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ