विप्लवसँग पहिलो चरणको सरकारी वार्ता सकियो


काठमाडाैं : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बुधवार बिहान पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लवको तर्फबाट प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच काठमाडौंमा वार्ता भएको हो । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,’ भट्टराईले ट्विटरमा लेखेका छन् ।

प्रकाशित : २०७७ फाल्गुन १९, बुधबार ११:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ