प्राधिकरण धनुषाका ४ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर


जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सुखवा वितरण केन्द्रअन्तर्गत ढल्केबर नोलाइट धनुषामा कार्यरत सुपरभाइजरसहित चार जनाविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोगमा प्राधिकरणका सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्यरत नवलकिशोर राउत र मनोहर महतोले घुस मागेको अभियोग लागेको छ ।

आयोगले उनीहरुविरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रकाशित : २०७७ फाल्गुन २१, शुक्रबार २१:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ