दुःखद खबर : दुर्घटनामा घाइते महन्थ साहको ज्यान गयो


राजविराज : सवारी दुर्घटनामा घाइते भएका महन्थ ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको उपचारका क्रममा आज मृत्यु भएको छ ।

विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

शम्भुनाथ नगरपालिका–५ तारखोला पुलस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति बा.४० प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा रौतहटको देवाही गोनाही नगरपालिका–९ घर भई इटवालस्थित राम मन्दिरका महन्थ दास गम्भिर घाइते भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकलले दासलाई बाटो काटने क्रममा ठक्कर दिएको थियो । प्रहरीले मोटरसाइकल चालक शम्भुनाथ–६ का ३० वर्षीय रमजानी मियाँलाई पक्राउ गरेको छ ।

प्रकाशित : २०७७ फाल्गुन २३, आईतवार १६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ