प्रतिनिधि सभा बैठक २६ गतेसम्मका लागि स्थगित


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही फागुन २६ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो

प्रतिनिधि सभा पुनःथापनापछि आइतबार बसेको संसदको बैठकमा पेश भएको सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए बैठक सुचारु हुन नदिने बताएको थियो ।

सो अध्यादेश सरकारले संविधानको भावनाविपरीत संसद विघटन गरेको बेलामा ल्याएको भन्दै संसद बैठकमा विरोध गरेको हो।

कांग्रेसको विरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई सो अध्यादेश प्रस्तुत गर्न समय दिएपछि कांग्रेस सांसदहरुले रोष्ट्रममा गई नाराबाजी गरेका थिए। कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले सरकारले यो अध्यादेश तुरुन्त फिर्ता गर्नुपर्ने बताएका थिए।

उनले सो अध्यादेश संसदमा प्रवेश गर्न नसक्ने र सरकारले अविलम्ब फिर्ता लिनुपर्ने माग गरेपनि सभामुखले मन्त्रीलाई पेस गर्न भनेपछि कांग्रेस सांसदहरुमा रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

नारबाजी जारी राखेपछि सभामुखले बैठक १० मिनेटका लागि भन्दै स्थगित गरेका थिए । तर कांग्रेसले निरन्तर नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको हो ।

प्रकाशित : २०७७ फाल्गुन २३, आईतवार १९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ