जनकपुरमा डेराबाटै मोटरसाइकल चोरी


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ९ संकट मोचनस्थित डेराबाटै एक जनाको मोटरसाइकल चोरी भएको छ । सोमवार राति रवि कुमार यादवको २२० सिसि पल्सर मोटरसाइकल चोरी भएको हो ।

‘मोटरसाइकल घरमै राखेर राति सुतेको थिए’, पीडित यादवले भने, ‘विहान उठेपछि मोटरसाइकल नै थिएन । चोरी भइसकेको थियो ।’ मोटरसाइकल कसले चोरी गरेको कुरा थाहा नभएको उनले सुनाए ।

चोरी भएको मोटरसाइकलको नम्वर प्रदेश ०२–०२ प २१२१ र इन्जिन नम्बर डीकेवाईसीकेजी ९१७६९ रहेको छ । महोत्तरीको भंगहा नगरपालिका ९ घर भएका पीडित यादव डेरागरी जनकपुरमा बस्दै आएका छन् ।

मोटरसाइकल खोजि गरिदिनका लागि उनले जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका छन् । पछिल्लो समय जनकपुरबाट मोटरसाइकल चोरीको घटना बढेको छ ।

प्रकाशित : २०७७ फाल्गुन २६, बुधबार ०९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ