प्रदेश २ : स्रोत नखुलेको साढे १९ लाखसहित साह पक्राउ


काठमाडौं : स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ रकमसहित वीरगञ्जबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका–२१ घर भएका ३६ वर्षीय राजेशकुमार साह रहेका छन् । उनलाई वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट क्षेत्रबाट स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित शनिबार पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाइछिपाइ ल्याउँदै गरेको रकम फेला परेपछि पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २९, शनिबार १८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ