महोत्तरीको डकैती : नगद र गरगहना लुटेर लगियो


जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका ६ संग्रामपुरमा डकैती भएको छ । सोमवार मध्यरातमा डकैतहरुको समूहले स्थानीय नवलकिशोर यादवको घरमा डकैती गरेका हुन् ।

यादवको घरबाट लाखौं रुपैया नगद र सुनचांदीका गरगहना लुटेर डकैतहरु फरार भएको स्थानीयले जनाएको छ । घरमा रहेका सबैलाई थुनेर लुटपाट गरिएको बताइएको छ ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र ३, मंगलवार १०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ