ओलीको चेतावनी- गुटको भेला गरे कारवाही गर्छु


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गुटको भेला गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

आज बालुवाटारमा भएको चियापान समारोहमा प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल पक्षलाई गुटको भेला गरे कारवाही गर्ने प्रधानमन्त्री ओलीले चेतावनी दिए ।

चियापान समारोह बहिस्कार गरेको माधवकुमार नेपाल र झलनाथ खनालपक्षलाई ओलीले कसले दिएको निम्तोमा चाँही जानुहन्छ भन्दै प्रश्न पनि गरे ।

प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटा संविधान कार्यान्वयनमा प्रतिबद्ध नदेखिएको आरोप समेत लगाएका छन् ।

प्रकाशित : २०७७ चैत्र ३, मंगलवार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ