सिन्धुलीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ७ जना घाइते


जनकपुरधाम : सिन्धुलीको कमलामाई नगरपालिका–७ करुन डाँडा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।

जिपको चालक र अन्य एक व्यक्तिको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका अनुसार घाईतेहरुलाई उपचारका लागि सिन्धुली अस्पतालमा उपचारका लागि लगिएको छ ।

घुम्तीमा मोड्ने क्रममा जिप खसेको हुन सक्ने बताइएको छ ।

प्रकाशित : २०७७ चैत्र ३, मंगलवार १८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ