लहान यातायात कार्यालयबाट २ बिचौलिया पक्राउ


जयनाथ यादव, सिरहा : यातायात व्यबस्था कार्यालय लहानबाट दुईजना बिचौलिया पक्राउ परेका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल नेतृत्वको टोलीले अनुगमनको क्रममा दुई विचौलियालाई पक्राउ गरेको हो । सहज रुपमा काम गराइदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त रकम लिएपछि उनी दुबैजना पक्राउ परेका छन् ।

पक्राउ परेका बिचोलियाको पहिचान प्रशासनले सार्वजनिक गरेको छैन् । तर उनीहरुमाथि कारबाही गरिने प्रजिअ कणेलले बताए । कर्मचारी वा अन्य व्यक्ति बढी रकम मागेमा जानकारी गराउन प्रजिअ कणेलले सेवाग्राहीसंग आग्रह गरे ।

प्रकाशित : २०७७ चैत्र ४, बुधबार १५:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ