ओलीले बोलाए संसदीय दलको बैठक, माधव नेपालले बहिष्कार गर्ने


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाउनुभएको छ ।

संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार बिहान ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकको जिम्मेवारी दिभएको थियो ।

त्यस्तै ओलीले बोलाएको बैठक वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ ।

प्रकाशित : २०७७ चैत्र ४, बुधबार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ