प्रदेश २ : मालपोत प्रमुख ६ लाख घुससहित अख्यिारको फन्दामा


जनकपुरधाम : बारा मालपोत कार्यालय सिमराका प्रमुख नायब सुब्बा घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई समेत सेवाग्राहीसँग ६ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ,’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएवापत घुस मागेको सूचनाका आधारमा उनलाई पक्राउ गर्न टोली खटाइएको थियो ।

अनुसन्धानका सिलसिलामा खनालले सेवाग्राहीको जग्गा रजिष्ट्रेशन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग, नयाँ बानेश्वर काठमाडौंमा रोक्का गरेका र त्यसका लागि खर्च गर्नुपर्छ भनी सेवाग्राहीसँग घुस मागेका थिए ।

उक्त घुस लिन खनालले लेखनदास बडाललाई खटाएका आयोगले जनाएको छ । अख्तियारले उनीहरूमाथि कानुनी कारबाहीका लागि प्रक्रिया बढाएको छ ।

प्रकाशित : २०७७ चैत्र ४, बुधबार १८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ