प्रदेश २ : प्रहरीले समात्यो ५८ क्यूबिक काठ


जनकपुरधाम : सर्लाही प्रहरीले चोरीनिकासी गर्न लागिएको ५८ दशमलव ४० क्यूबिक काठ नियन्त्रणमा लिएको छ ।

जिल्लाका हरिपुर नगरपालिका १ स्थित जानकीनगरमा को २ त ८४९६ नम्बरको ट्याकटरमा लोड गरी राखेको उक्त काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार सालको ७ वटा गोलिया र २६ वटा चिरेको काठ ट्याक्टरमा लोड गरेको पाइएको छ ।

उक्त काठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि वन डिभिजन कार्यालय लालबन्दी सर्लाहीमा बुझाएको कुँवरले बताए ।

प्रकाशित : २०७७ चैत्र ६, शुक्रबार १२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ