मिथिला परिक्रमामा सहभागीको गहना लुट्ने १७ महिला पक्राउ


जनकपुरधाम : मिथिला माध्यमिकी परिक्रमामा सहभागीहरुको गरगहना लुट्ने १७ महिलालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।

परिक्रममा बासी शुक्रवार राति ध्रुबकुण्डमा विश्राम गरेका थिए । त्यहाँ लागेको मेलामा परिक्रमामा सहभागीको गहना लुट्ने महिलाहरु पक्राउ परेकी हुन् । पक्राउ परेकी महिलाको साथबाट ६४ थान सुनचाँदीका गरगहना र नगद बरामद भएको छ ।

उनीहरुबाट भारु ३५ हजार र नेरु १२ हजार र आधा दर्जन मोवाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाहरु महोत्तरीको बल्बा नगरपालिका १० मा गरगहना, नगद र मोवाइल लुकाएर राखेकी थिइन् ।

पक्राउ परेकी सबै महिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइने तयारी स्थानीय प्रहरीले गरेको बुझिएको छ ।

प्रकाशित : २०७७ चैत्र ७, शनिबार १३:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ