एक किलो अफिमसहित बाराबाट एक युवक पक्राउ


जनकपुरधाम : बारा प्रहरीले लागुऔषध अफिमसहित शनिवार एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका १६ टागियाबस्तीका २७ वर्षीय राजकुमार योञ्जन तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बारागढी गाउँपालिका १ भवानीपुरमा तामाङलाई अफिमसहित पक्राउ गरेको हो ।

उनको साथबाट एककिलो अफिम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनमाथि अनुसन्धान तथा कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७७ चैत्र ७, शनिबार २१:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ