प्रदेश २ : १५ किलो गाँजासहित तीनजना पक्राउ


जनकपुरधाम : सर्लाहीको लालबन्दी नगरपालिकास्थित अटोबाट १५ किलो लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज १ ह ४६०९ नम्वरको अटोमा सवार तीनजनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुष्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्द्रकुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिन छन् ।

अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको छ ।

अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र ९, सोमबार १२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ