जनकपुरको मालपोत अगाडीबाट मोटरसाइकल चोरी


टुडेखोज,जनकपुरधाम : जनकपुरको मालपोत कार्यालय अगाडीबाट मोटरसाइकल चोरी भएको छ । पार्किङ गरेर राखेको अवस्थामा ज ३ प १८४७ नम्बरको मोटरसाइकल सोमवार दिउँसो चोरी भएको हो ।

कार्यालयमा काम गराएर फर्किएपछि मोटरसाइकल चोरी भइसकेको थियो– पीडित धनुषाको कमला नगरपालिका ८ टेरहाका सन्तोष कुमार यादवले भने । उनले मोटरसाइकल चोरी भएलगत्तै प्रहरीमा खबर गरेपनि हालसम्म फेला पर्न नसकेको बताए ।

पछिल्लो समय जनकपुरमा मोटरसाइकल चोरी हुनेक्रम बढेको छ । चोरी भएका अधिकांश मोटरसाइकल प्रहरीले फेला पार्न सकेका छैन् ।

प्रकाशित : २०७७ चैत्र १०, मंगलवार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ