दाङमा विद्यार्थी बोकेको बस दुर्घटना : एक जनाको मृत्यु‚ २२ घाइते


काठमाडौं : दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

पब्लिक ज्ञान ज्योति  बोर्डिङ स्कुलको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर सरैया डाँडामा मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा कक्षा १२ मा अध्ययनरत तुलसीपुर उपमहानगरपालिका-१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको हो । उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते पाँचजनाको नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ । अन्य घाइतेको सिटी हस्पिटल र राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र १०, मंगलवार १०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ