एन्फा प्रेसिडेन्ट लिग फुटबल : प्रदेश २ को पहिलो जित


नेपालगञ्ज : नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा २ नम्बर प्रदेशले पहिलो जित निकालेको छ । चौथो खेल खेलेको २ नम्बर प्रदेशले कर्णाली प्रदेशलाई १–० गोलले पराजित गरेको हो ।

२ नम्बर प्रदेशले ३७ मिनेटमा पाएको पेनाल्टीबाट अग्रता लिएको थियो । प्रदेश २ का भुवन बस्नेतले गोल गरेका थिए । दुवै टोलीले अहिलेसम्म जित निकाल्न सकेका थिएनन् ।

कर्णाली यसअघि दुई खेलमा पराजित हुँदा एकमा बराबरी भएको थियो । उसको खातामा एक अंक रहेको छ । २ नम्बर प्रदेशले तीन अंक जोडेको छ ।

खेलको अन्तिमतिर फाउलको विषयलाई लिएर कर्णालीका व्यवस्थापक विकास शाहीले असन्तुष्टि जनाएर रिस देखाएपछि रेफ्री श्याम दनुवारले उनलाई रातो कार्ड देखाएका थिए । एन्फा लिगको यो पहिलो रातो कार्ड हो ।

खेलमा कर्णालीका युद्ध शाही म्यान अफ द म्याच भएका छन् । सुदूरपश्चिम लिगको शीर्ष स्थानमा रहेको छ ।

  • देश सञ्चारबाट
प्रकाशित : २०७७ चैत्र १०, मंगलवार २०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ