जनकपुर : श्रीमानसंगै सुतेकी महिला होटलबाट हामफालेर प्राण त्यागिन् !


जनकपुरधाम : जनकपुरको रामानन्द चोकस्थित खानेपानी संस्थान परिसरमा एक महिलाको शव फेला परेको छ । म्याग्दीको तत्कालीन बिम गाविसकी ३० वर्षीया सृजना सुनार सिर्पाली शव फेला परेको हो ।

प्रहरीका अनुसार उनी श्रीमान विश्वास सिर्पालीसँग सर्लाही होटेल एण्ड गेष्ट हाउसमा बसेकी थिइन् । उनी होटलबाट हामफालेर आत्महत्या गरेको कि श्रीमानले खसाएर मारेको विषयमा केहि खुल्न सकेका छैन ।

श्रीमानसँगै उनी स्कुटीको लाइसेन्स बनाउन जनकपुर आएकी थिइन् ।
राति गफगाफ गरेर सुतेको र विहान उठेपछि श्रीमतीलाई कतै नदेख्दा खोज्न थालेको तर होटलकै छेउमा हामफालेर आत्महत्या गरेको अवस्थामा शव फेला परेको उनले प्रहरी समक्ष बयान दिएका छन् ।

उनले आफु ११ दिन पहिले मात्र विदेशबाट आएको पनि बताएका छन् । उनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बुझिएको छ ।

प्रकाशित : २०७७ चैत्र ११, बुधबार ०९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ