वीरगन्जका २ युवक कटुवा पेस्तोलसहित पक्राउ


वीरगञ्ज : वीरगन्ज १३ श्रीपुरबाट २ जना युवक कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले कटुवा पेस्तोलसहित वीरगन्ज २४ श्रीसीयाका २७ वर्षीय दिपेन्द्र साह र सोही ठाँउका २३ वर्षीय सनोज गुप्तालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले दुई जना युवकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । गोली नभएको १ थान कटुवा पेस्तोल फेला परेको दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित : २०७७ चैत्र ११, बुधबार २०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ