रेशम चौधरी छुटाउन धर्ना बसेकालाई गृहमन्त्रीले भने– वार्ता टोली गठन गर्नुस्


काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँको माइतीघरमा आज थारु अगुवालाई भेट्न पुगेका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो । सरकारले छिटै वार्ताटोली गठन गर्ने भन्दै उहाँले वार्ता टोली बनाएर आउन आग्रह गर्नुभयो । मन्त्री थापाले टिकापुर घटनाका कतिपय विषय राजनीतिक रूपले हल गर्न सकिने र कतिपय कानुनी तथा प्रशासनिक रूपबाट हल गर्न सकिने बताउनुभयो ।

पूर्व सांसद रुकमणी चौधरीले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखिएको बताउनुभयो।

थारु अगुवाहरुले २०७२ सालमा भएको टीकापुर घटनामा फैजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाईको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।

प्रकाशित : २०७७ चैत्र १२, बिहीबार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ