धनुषामा ट्रकले असई कापरको ज्यान लियो


जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका १० लालगढमा ट्रकले ठक्कर दिएर एकजना असईको ज्यान लिएको छ ।

शुक्रबार ट्रकले ठक्कर दिएर प्रदेश २ को मुख्यमन्त्रीमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यरत असई मदनजंग कापरको ज्यान लिएको हो । उनी लु ५३ प ८५७५ नम्बरको मोटरसाईकलमा जनकपुर आउदै गर्दा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमा मिश्रले ठक्कर दिने ट्रक सुनसरीबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । मृतक असईको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको उनको भनाई छ ।

प्रकाशित : २०७७ चैत्र १३, शुक्रबार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ