सप्तरीका प्याकुरेल राष्ट्रिय सभामा दलको नेतामा मनोनयन


काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनयन गरेका छन् ।

सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेतामा सप्तरी घर भएका प्याकुरेललाई चयन गरेका हुन् ।

यसअघि नेकपा रहँदा माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा दलका नेता थिए । पार्टी अलग भएपछि प्याकुरेललाई दलको नेतामा मनोनयन गरिएको हो । शर्मा भने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि माओवादी केन्द्रमा छन् ।

प्रधानमन्त्री ओलीले प्याकुरेललाई राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता चुनिएको पत्र संसद सचिवालयलाई पठाइसकेका छन् ।

प्रकाशित : २०७७ चैत्र १३, शुक्रबार १७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ