हँसपुरका मेयर मण्डलद्वारा मधेसका शहिद परिवारलाई ५० हजार सहयोग


जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाले मधेस आन्दोलनका शहिद ब्रह्मदेव ठाकुरका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

शुक्रवार आयोजित होली मिलन समारोहमै शहिद ठाकुरकी आमालाई मेयर रामज्ञान मण्डलले ५० हजारको चेक हस्तान्तरण गरे । मेयर मण्डलले यसअघि पनि सहयोग गरेको र अगामी दिनमा पनि सहयोेग गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा मेयर मण्डल र सहभागीहरुले होलीको शुभकामना साटासाट गरे । उनले सभ्य र भव्य तरिकाले होली मनाउन अनुरोध समेत गरे । होलीमा मदिरा सेवन गर्ने गलत प्रबृति बढेको भन्दै उनले नशा खाएर मनाउने पर्व होली नभएको उनको भनाई थियो ।

प्रकाशित : २०७७ चैत्र १४, शनिबार ०९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ