सांसद अरगरियाद्वारा जनकनन्दनीमा दलानको शिलान्यास, स्थानीय खुशी


जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक दलान निर्माण हुने भएको छ । धनुषा क्षेत्र २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाको सांसदीय कोषबाट दलान निर्माण हुने भएको हो ।

शुक्रबार साँसद अरगरियाले एक कार्यक्रमबीच जनकनन्दनी गाउँपालिका २ बलहागोठमा सामुदायिक दलान भवनको शिलान्यास गरेका छन् । त्यस अवसरमा बोल्दै सांसद अरगरियाले यस क्षेत्रको विकासका लागि आफू सँधै तत्पर रहने बताए ।

बलहागोठमा सामुदायिक भवन नहुँदा स्थानीय वासीलाई कुनै भेला, कार्यक्रम गर्न समस्या हुन गरेको मध्यनजर गर्दै दलान निर्माण गरिने उनले बताए । सांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो दलान निर्माण हुनेछ ।

दलान बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीय रमण मंडलले दलान बनेपछि आफूहरुलाई सजिलो हुने बताए ।शिलान्यास कार्यक्रममा स्थानीय नेताहरु जिवछ पघैया, अशोक मंडल, इन्द्र कुमार सहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित : २०७७ चैत्र १४, शनिबार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ