लहानकी सरस्वती चौधरीको कप्तानीमा ललितपुर मेयर ११ को टोली घोषणा


काठमाडौं : ललितपुर मेयर वुमेन्स च्याम्पियनसिप टी–२० प्रतियोगिताका लागि ललितपुर मेयर ११ को टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यानक) को आयोजनामा चैत्र २१ देखि २८ सम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि ललितपुर मेयर ११ ले सरस्वती चौधरीको कप्तानीमा १४ खेलाडीको नाम सार्वजानिक गरेको हो । सरस्वतीको टोलीमा अनुराधा चौधरी, कविता गौतम, सोभा आले, बिमला मगर, बिन्दु कटवाल, सुमन खतिवडा, कन्चन श्रेष्ठ, आरती बिडारि, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल, अलिशा लामिछाने र निशा पराजुली समेटिएका छन् ।

राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा पीएम कपको विजेता प्रदेश नम्बर १, विभागीय टोली नेपाल एपीएफ क्लब, लुम्बिनी र सुदुरपश्चिम प्रदेश र मेयर–११ सहित पाँच टोलीको सहभागिता रहने छ ।

त्रिवि क्रिकेट मैदानमा हरेक दिन प्रतियोगिताका दुई खेल हुने र समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैँयाँ प्राप्त गर्ने क्यानले बताएको छ ।

त्यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार र विधागत–ब्याटिङ र बलिङतर्फ उत्कृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् । हरेक खेलको प्लेयर अफ दी म्यचले ३ हजार र प्रत्यक खेलाडीले म्याच फि बापत १ हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ ।

कप्तान बनेकी चौधरी सिरहा, लहानकी हुन् ।

प्रकाशित : २०७७ चैत्र १४, शनिबार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ