औरहीमा जोगिरा गायन प्रतियोगिता : चक्करका होरैया समूह उत्कृष्ट


सिबेन्द्र रोहिता, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका २ मा युवा नाट्यकला परिषद्को आयोजनामा होलीको अवसरमा जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा चक्करका होरैया समूह प्रथम, औरही द्धितिय र देउरी तृतिय भएको छ । प्रथम, द्धितिय र तृतिय हुने समूहलाई कप, प्रमाणपत्र र डम्फू प्रदान गरिएको छ । प्रतियोगितामा ७ समूह भाग लिएको थियो । सहभागी सबैलाई डम्फू र यातायात खर्च उपलब्ध गराएको छ ।

प्रथम भएका चक्कर समूहले अगामी वर्ष जोगिरा प्रतियोगिता गराउने घोषणा गरेको छ । होलीमा गाइने जोगिरा लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि जोगिरा प्रतियोगिता आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।

संघीय साँसद तथा जसपाका नेता उमाशंकर अरगरियाको प्रमुख आतिथ्य र वडाध्यक्ष अमित यादवको अध्यक्षतामा जोगिरा गायन प्रतियोगिता गराइएको छ । साँसद अरगरियाले हरेक गाउँका अगुवाहरुले जोगिरा संरक्षणमा लाग्नुपर्ने बताए ।

उनले क्षेत्रबासी तथा देशबासीमा होलीको शुभकामना समेत व्यक्ति गरे । कोरोनाको जोखिम रहेकाले स्वास्थ्य सतर्कता अपनाएर होली मनाउन उनले अनुरोध गरे । होलीमा पछिल्लो समय मदिरा सेवन गर्ने प्रबृति बढेको भन्दै पर्व तिहारमा नशा सेवन नगर्न सबैसँग आग्रह गरे ।

प्रकाशित : २०७७ चैत्र १४, शनिबार २१:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ