धनुषामा हात्तीले एक बृद्धको ज्यान लियो


जनकपुरधाम : धनुषामा हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यू भएको छ । मिथिला नगरपालिका ७ का ८० वर्षीय पदमबहादुर खप्तरी मगरको मृत्यु भएको हो ।

आइतबार राति घरमै सुतिरहेको उनीमाथि हात्तीले आक्रमण गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।

हात्तीले घरमा समेत क्षति पुर्याएको छ ।

खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणा भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले गाउँको दस वटा घरमा क्षति पु¥याएको छ ।

प्रकाशित : २०७७ चैत्र १६, सोमबार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ