कुर्सीबाट लडेर गाउँपालिका अध्यक्षको मृत्यु


कैलाली : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । उनको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो ।
उनलाई सोमबार थप उपचारको लागि काठमाडौं लगिएको थियो ।

उपचारको क्रममा उनको मङ्गलवार बिहान मृत्यु भएको एमाले कैलालीमा अध्यक्ष रतन थापाले जानकारी दिए । रावल उच्च रक्तचापबाट पीडित रहेको उनले बताए ।

रावल नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

प्रकाशित : २०७७ चैत्र १७, मंगलवार १३:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ