सिरहाकी जानकीदेवीलाई समानुपातिक सांसद बनाउने एमालेको निर्णय


काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा सिरहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने भएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठकबमोजिम समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहेकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो ।

दलित महिलाबाट उम्मेदवार रहेकी जानकीदेवीलाई सांसद पद मिल्न लागेको रोलक्रमबाट भने होइन । एमालेको बन्द सूचीमा ८६ औं नम्वरमा रहेकी इलामकी सानु शिवा समानुपातिक सांसद बनेकी थिइन् ।

उनको गत वर्ष निधन भएपछि रिक्त रहेको सांसद पदमा ८७ नम्वरकी धनकुमारी सुनारको पालो आउने थियो । तर, सुनार यसयअघि नै एमाले छाडेर डा. बाबुराम भट्टराईको पार्टीमा लागेकाले उनको नाम बन्द सूचीबाट हटाउने निर्णयसमेत एमालेले गरेको छ ।

जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना कायम हुनेछन् ।

प्रकाशित : २०७७ चैत्र १७, मंगलवार १४:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ