सिरहाकी जानकीदेवी एमालेको सांसद निर्वाचित


काठमाडौं : निर्वाचन आयोगले नेकपा एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी राम निर्वाचित भएको जनाएको छ ।

एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी सिरहाकी जानकीदेवी राम निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयलाई गराउने निर्णय भएको प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

नेकपा एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसदमा जानकीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

दलित महिलातर्फको सो कोटामा बन्दसूचीमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेकाले उनीपछिको सूचीमा रहेकी जानकीलाई निर्वाचित गरिएको हो । जानकीदेवी राम निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १२१ सांसद भएका छन् ।

प्रकाशित : २०७७ चैत्र १८, बुधबार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ