हँसपुरका मेयर मण्डलद्वारा इदगाहको कम्पाउण्ड वाल निर्माणको शिलान्यास


जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिका ४ मधुकरहीस्थित इदगाहको कम्पाउण्ड वाल निर्माण योजनाको शिलान्यास गरिएको छ ।

बुधवार एक समारोहबीच मेयर रामज्ञान मण्डलले इदगाहको कमपाउण्ड वाल निर्माणको शिलान्यास गरे । ११ लाख ८४ हजार ९१८ रुपैया २९ पैसाको लागतमा सो वाल निर्माण हुने नगरपालिकाले जनाएको छ ।

शिलान्यास समारोहमा मेयर मण्डलले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । ०७८ जेष्ठ २५ सम्म निर्माण गर्नुपर्ने सम्झौता भएको हो ।

प्रकाशित : २०७७ चैत्र १९, बिहीबार ०७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ