धनुषा : आँप बगैंचामा भेटियो पुरुषको लाश


जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँप बगैँचामा एक पुरुषको शव (लाश) फेला परेको छ ।

परिचय खुल्न नसकेको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । उनको हत्या गरिएको आशंका प्रहरीको छ ।

शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटना विषयमा प्रहरीले अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र १९, बिहीबार १६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ