पत्रकार महासंघ प्रदेश २ का अध्यक्षमा तीन जनाको उम्मेदवारी (हेर्नुस् डिटेल)


जनकपुरधाम : नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । पत्रकारहरु जीतेन्द्र प्रसाद सिंह, नवल किशोर यादव र राजेश कुमार कर्णले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

सिंह मधेसी पत्रकार समाज, धनुषा घर भएका यादव प्रेस युनियन–प्रेस सेन्टर र धनुषाकै कर्ण प्रेस चौतारी–प्रेस मञ्चको तर्फबाट उम्मेदवारी दिएको बुझिएको छ । सिंह सर्लाहीका हुन् भने यादव र कर्ण जनकपुर (धनुषा)का छन् ।

जनकपुरस्थित नेपाल पत्रकार महासंघमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम राखिएको थियो । कुल ५५ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन यही चैत २५ गते हुने छ ।

कसले कुन पदमा उम्मेदवारी दिए ? हेर्नुस् डिटेल

प्रकाशित : २०७७ चैत्र १९, बिहीबार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ