जब सूर्य थापाले प्रचण्ड रोएको फोटो ट्‍विट गरे…


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले लेखेको एउटा पोस्ट डिलिट गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भावविह्वल भई रोएको फोटोसहित ‘लड्डु’ खाएर उल्लास मनाउने परम्परा त छैन नै । तै पनि पुनरावलोकनको रोइलो सकिएको छु लेखेका थिए ।

थापाले सर्वोच्च अदालतले नेकपा खारेजीको फैसला पुनरावलोकनको माग राखेर प्रचण्डको निवेदनमाथि यसअघि कै फैसलालाई सदर गर्दै पुनरावलोकलन नहुने आदेश दिएपछि व्यंग्य गरेका थिए ।

तर उक्त पोस्टप्रति निकै आलोचना हुन थालेपछि थापाले असंवेदनशील पोस्ट हटाएका हुन् । थापाले एकातिर अदालतको आदेश र अर्कातिर दाहालको भावविह्वल भएको तस्बिर राखेका थिए ।

छोरा प्रकाशको निधन हुँदा रोएको तस्बिरसँग थापाले सर्वोच्चको फैसला जोडेर फोटो बनाएका थिए । तर यस पोस्टप्रति धेरैले आलोचना र टिप्पणी गरेका थिए । थापाले हाल उक्त पोष्ट हटाएर फैसला भन्दै सर्वोच्च अदालतको आदेशको फोटो राखेका छन् ।

प्रकाशित : २०७७ चैत्र १९, बिहीबार २१:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ