जनकपुरमा सडक छेउमै एक साधु मृत भेटिए


जनकपुरधाम : जनकपुरको वेलकम होटल अगाडी सडक छेउमै एक साधु मृत फेला परेका छन् । धनौजी गाउँपालिकाको लखौरी घर भएका ७० वर्षीय साधु सुखन दास मृत फेला परेका हुन् ।

उनी जनकपुरमा माग्दै हिडेका थिए र विरामी भएकै कारण उनको मृत्यू भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको साथबाट केहि नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पूर्जी पनि फेला परेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार २१:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ