प्रधानमन्त्रीले भने- समर्थन फिर्ता लेऊ, राजीनामा आउँछ


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् । बालुवाटारमा देशभरका एक सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै यस्तो चुनौति दिएका हुन् ।

ओलीले भने- काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।

प्रकाशित : २०७७ चैत्र २१, शनिबार १४:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ