भारतको छत्तिसगढमा माओवादीसँगको भीडन्तमा ५ सुरक्षाकर्मीको मृत्यु


भारतको छत्तिसगढस्थित बीजापुरमा सुरक्षाकर्मी र माओवादीबीच भीडन्त भएको छ । उक्त भिडन्तमा परी पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

भीडन्तमा परी मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने बताइएको छ । बीबीसीका अनुसार प्रहरीले पनि मृतकको सङ्ख्या बढ्न सक्ने कुरालाई इन्कार गरेको छैन ।

माओवादीले गरेको उक्त आक्रमणमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु घाइते भएका बताइएको छ । समाचारमा जनाइएअनुसार सुकमा तथा बीजापुर जिल्लाका सुरक्षाकर्मीहरु संयुक्त रूपमा नक्सलवादीविरुद्ध एक एक अपरेसनबाट फर्कँदा जंगलमा पुगेपछि तयारी अवस्थामा रहेका माओवादीले आक्रमण गरेका थिए ।

माओवादीको उक्त आक्रमणमा परी पाँच जना सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले उक्त भिडन्तमा परी थुप्रै माओवादीहरू पनि मारिएको दाबी गरेको छ ।

घटनास्थलमा थप सुरक्षाबल पठाइएको बताइएको छ । तर, माओवादीले सडकमा रुख काटेर बाटो अवरुद्ध बनाएकाले सुरक्षाकर्मीहरूलाई घटनास्थल पुग्न समस्या भइरहेको बताइएको छ ।

प्रकाशित : २०७७ चैत्र २१, शनिबार २१:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ