नेपालमा भयावह बन्दै कोरोना :
एकैदिन ४ जनाको मृत्यु, २६६ संक्रमित थपिए


काठमाडौं : नेपालमा कोरोना संक्रमण फेरि ह्वातै बढेको छ । पछिल्लो २४ घन्टामा देशभर २ सय ६६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा आज २ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

यस्तै, आज ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् भने १ सय २ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन् ।

हाल देशभर ६४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ । हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

यसअघि, चैत २२ गते १ सय ७६ जना, २१ गते १ सय २८ , २० गते १ सय ७९ जना संक्रमित भेटिएका थिए ।

प्रकाशित : २०७७ चैत्र २३, सोमबार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ