हैजाका कारण नाइजेरियामा ५० जनाको मृत्यु


काठमाडौं : हैजाका कारण नाइजेरियामा यसवर्ष कम्तिमा ५० जनाको मृत्यु भएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण ए वर्षमा ५० जनाको मृत्यु भएको हो ।

हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको त्यहाँको रोग नियन्त्रण केन्द्रले जनाएको छ । यही मार्च २८ सम्मको विवरणअनुसार हैजाबाट एक हजार ७४६ जना बिरामी भएका केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुले जनाएका छन् ।

अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले हैजाको महामारी डरलाग्दो र चिन्ताजनक भएकाले सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए ।

नाइजेरियाको नासारावा, सोकोटो, कोगी, बायेल्सा, गोम्बे, जाम्फारा, डेल्टा र बेन्युमा हैजाको महामारी फैलिएको छ । एजेन्सी

प्रकाशित : २०७७ चैत्र २५, बुधबार ०६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ