धनुषा : ५ वर्षको कैद सजाय पाएका व्यक्ति ३१ वर्षपछि पक्राउ


जनकपुरधाम : अदालतबाट पाँच वर्षको सजाय पाएका अभियुक्त ३१ वर्षपछि पक्राउ परेका छन् ।

धनुषाको विदेह नगरपालिका ४ का मनिकचन पासमान दुसाध जनकपुरधाम १६ बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

दुसाधलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले खोज तलासका क्रममा नियन्त्रणमा लिएको थियो ।

साबिक ठाडी झिझा गाविस ८ हाल विदेह नगरपालिका ४ का झपडी पासमान समेतले दुसाधविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए ।

जिल्ला अदालत धनुषाले ०४६ साल माघ ५ गते ५ वर्ष कैद सजायको फौसला सुनाएको थियो । तर, सजाय पाएका दुसाध फरार थिए ।

प्रकाशित : २०७७ चैत्र २६, बिहीबार ०७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ