जनमत पार्टीको महाधिवेशन : जनकपुरमा डा. राउतका यूवा दस्ताद्वारा मार्चपास


सन्तोष यादव, जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ‘यूवा स्वयंसेवक दस्ता’ले प्रथम राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन आज मार्चपास गरेका छन् ।

जनकपुरस्थित बाह्रविघा रंगभूमि मैदानबाट सुरु गरिएको मार्चपासले जानकी मन्दिर परिसर हुँदै विभिन्न भागको परिक्रमा गरेको हो ।

मार्चपासमा सहभागी सयौं यूवाहरुले डा. सीके राउतको तस्बिर अंकित टिसर्ट र टोपी लगाएका थिए । टोपीमा ‘जनमत दें, अधिकार लें’ नारा लेखिएको छ । मार्चपासमा जनमत पार्टीका नेता इन्द्रजीत यादव, अनिता साह, सन्जय यादव लगायतका सहभागी थिए । अध्यक्ष डा. राउत भने देखिएनन् ।

शनिवार विहान १० बजेदेखि बाह्रविघा मैदानमै जनमत पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको आयोजना गरिएको छ ।

महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने बताइएको छ । साथै विदेशका अतिथिहरु समेत सहभागी हुने पार्टीको जानकारी दिएको छ ।

– नेपाल प्रेस

प्रकाशित : २०७७ चैत्र २७, शुक्रबार ०९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ